Home / Blog / औषधी खाने बेला कती पानी अावश्यकता

औषधी खाने बेला कती पानी अावश्यकता

Kavin Maleku Kavin Maleku | October 02, 2018
औषधी खाने बेला कती पानी अावश्यकता
तपाईं औषधी खाने बेला कती पानी पिउनु हुन्छ ? - Pharmacist Kabin Maleku

यो एकदम नै सान्दर्भिक प्रश्न हो , र एकदम कम बिरामीहरुले मात्र यो सोच्नु हुन्छ वा डाक्टर र फर्मासिस्टले पनि यस्तो कुरामा ध्यान दिएको दिखिन्न ।

सामान्यता, यति नै पानी खानु पर्छ भन्ने हुँदैन तर हामी अनुसन्धानका आधारमा कारिव एक ग्लास वा २०० मिलिलिटर पानीको सल्लाह दिन्छौ । तर यो भन्दैमा सधैं पानी खानु पर्ने अावश्यकता पनि हुन्छ भन्ने छैन । जस्तै केही यस्ता औषधी पनि हुन्छ जुन अमिलो सर्वत वा जुस जस्तै स्याउको जुस , सुन्तलाको जुससँग पनि सेवन गर्नुपर्ने हुन सक्छ । कहिले कहिले डाक्टर वा फर्मासिस्टहरुले दुधसँग पनि औषधी सेवन गर्ने सल्लाह दिनु हुन्छ , त्यसकारण औषधी सेवनको लागि सल्लाह लिएर मात्रै खानु होला ।

धेरै जसो औषधीहरुको प्यकेजको खोल बहिर नै सम्पूर्ण जानकारी दिएको हुन्छ तर पनि यो तपाईंको पनि जिम्मेवारी हो आफ्नो औषधीको ज्ञान लिनु ।

हामीले धेरै यस्ता बिरामी पनि देखेका छौँ जसले औषधी रक्सी वा बियर सँग सेवन गर्नुहुन्छ , यो एकदम नै गलत हो । यस्ता धेरै औषधीहरु हुन्छ जसलाई रक्सीसँग सेवन गर्दा एकदम नराम्रो हुन्छ । रक्सीसँग सेवन गर्दा औषधी ले यात कामनै नगरने हुन्छ वा कुनै औषधीहरुले सोचेको भन्दा धेरै नै असर गर्छ जस्लाई “डोस डम्पिङ” पनि भन्ने गरिन्छ । एस्को साथै कसैले औषधी सेवा को दौरान रक्सी सेवान को बानी छ भने त्यो पनि गलत हो किन भने औषधी रक्सी सेवान नगरने मनिष मा र रक्सी सेवान गर्ने मनिष मा हाम्रो शरीर ले औषधी सँग गर्ने प्रतिकृया फरक पर्न जान्छ ।
तेसैले औषधी सेवान गर्द डाक्टर को वा फर्मशिस्त को परमर्श लिनु होला , वा औषधी को प्यकेत मा सेवान गर्ने तरिका लेखिएको छ भने त्यो पालना गर्नु होला वा सामान्यतया कारीब १ ग्लास पानी सँग सेवान गर्नु होला ।

 

+977 9851149866 +977 9851149866 +977 9851149866

Annapurna Pharmacy P. Ltd. announce easy online services to the customer for ordering medicine with home delivery services at fair price.